Loktantra Khabar National Weekly
Ad

गायक तथा अभिनेता कोसिस क्षेत्रीले गरे प्रेमिका सन्ध्यासँग विवाह

लोकतन्त्र खबर
२१ माघ २०८०

काठमाडौं । अभिनेता तथा गायक कोसिस क्षेत्रीले प्रेमिका सन्ध्या ढुंगानासँग विवाह गरेका छन् । हेटौंडा स्थायी घर भएका उनले माघ १७ गते लगनगाँठो कसेका हुन् ।

एक वर्ष पहिले यो जोडीले इन्गेजमेन्ट गरेको थियो । परिवार र आफन्तको उपस्थितिमा यी दुईले विवाह गरेका हुन् । उनीहरु आठ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

सन्ध्याले मनोविज्ञान विषयमा स्नातकोत्तर गरेकी छन् । गायन हुँदै अभिनयमा प्रवेश गरेका कोसिसले ‘मोक्ष’ फिल्मबाट अभिनयमा डेब्यु गरेका थिए । यस वर्ष उनी अभिनित ‘ऐंचोपैचो’ र ‘परस्त्री’ फिल्म रिलिज भए । चाँडै गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’को जीवनीमा आधारित फिल्ममा पनि उनले अभिनय गर्ने चर्चा छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: