काठमाडौं पुस २५, सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १७ पुसयता सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले घटेको छ ।
बुधबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेसँगै छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख १७ हजार ९५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यसअघि मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँ तोकिएको थियो ।
बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४१० मा कारोबार भइरहेको छ । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्:

