काठमाडौं पुस २४, मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० र तेजावी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाला सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ८०० र तेजावी सुनको मूल्य १ लाख १८ हजार २५० रुपैयाँ तोकिएको थियो ।
मंगलबार सुनको मूल्य घटेपनि चाँदीको भने स्थिर छ । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ । सोमबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्:

