Loktantra Khabar National Weekly
Ad

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ खरिद बिक्री ?

लोकतन्त्र खबर
२३ पुष २०८०

काठमाडौं  पुस २३, लगातार तीन कारोबार दिन स्थिर रहेको सुन र चाँदीको मूल्य सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्दा चाँदीको मूल्य ५ रूपैयाँले घटेको छ ।

मूल्य घटेसँगै सोमबार छापावाला सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ८ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार २ सय ५० र चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।

यसअघि गत १९, २० र २२ पुसमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार ९५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको थियो । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: