Loktantra Khabar National Weekly
Ad

पुस १६ गतेबाट सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

लोकतन्त्र खबर
९ पुष २०८०

बुटवल । सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ । सो राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न थालिएपछि पुस १६ गतेबाट दैनिक  ६ घण्टा सडक बन्द गर्न लागिएको हो ।

बुटवल । सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ । सो राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न थालिएपछि पुस १६ गतेबाट दैनिक  ६ घण्टा सडक बन्द गर्न लागिएको हो ।

सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने जनाइएको छ । तर अत्यावश्यक सवारी साधनलाई भने कुनै रोक नलगाइएको काफ्लेले बताए । सो सडक खण्डमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङ निर्माणको काम गरिरहेको छ ।

सुरुङ निर्माणको काम गर्दा यातायात सञ्चालन गर्दा जोखिम हुने भएकाले राति सडक बन्द गरेर काम गर्न लागिएको हो।  जिल्ला प्रशासन कार्यालय रुपन्देहीकाे कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले सडक बन्द हुनेबारे सूचना प्रभावकारी रूपमा सम्प्रेषण गर्ने निर्णय गरेको छ ।

बैठकले सम्बन्धित नियामक निकाय, यातायात सेवा कम्पनी र राजमार्ग प्रयोगकर्तालाई पूर्ण जानकारी गराउने निर्णय समेत गरेको छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: