Loktantra Khabar National Weekly
Ad

आज कति छ सुनचाँदीको भाउ ?

लोकतन्त्र खबर
९ पुष २०८०

काठमाडौं पुस ९ ,सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार हुँदा तेजावी सुनको मूल्य १ लाख १८ हजार ३५० रुपैयाँ कायम रहेको छ । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ४७५ रुपैयाँ तोकिएको छ ।

महासंघका अनुसार यसअघि आइतबार सुन र चाँदीको कारोबार सोही मूल्यमा भएको थियो ।

शुक्रबार भने छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ८००, तेजावी सुनको मूल्य १ लाख १९ हजार २५० र चाँदीको मूल्य १ हजार ४८५ रुपैयाँ तोकिएको थियो । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: