Loktantra Khabar National Weekly
Ad

सुनको मूल्य ताेलामा एक हजार रुपैयाँले बढ्यो

लोकतन्त्र खबर
४ पुष २०८०

काठमाडौं  पुस ४, बुधबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार सुनको मूल्य तोलामा १ हजार र चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार, तेजावी सुनको मूल्य १ लाख १८ हजार ४५० र चाँदीको मूल्य १ हजार ४६५ रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार, तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० र चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ तोकिएको थियो । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: