Loktantra Khabar National Weekly
Ad

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

लोकतन्त्र खबर
३ पुष २०८०

काठमाडौं  पुस ३, मंगलबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

मंगलबारका लागि छापावाल सुनको मूल्य एक लाख १८ हजार, तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० र चाँदीको मूल्य एक हजार ४५० रुपैयाँ तोकिएको छ ।

सोमबार एक लाख १७ हजार ८ सय रुपैयाँमा छापावाल सुन, एक लाख १७ हजार २५० रुपैयाँमा तेजावी सुन र एक हजार ४५५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: