Loktantra Khabar National Weekly
Ad

बढ्यो सुनचाँदीको मूल्य

लोकतन्त्र खबर
२९ मंसिर २०८०

काठमाडौं  मंसिर २९, साताको अन्तिम दिन सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४००  र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

आजका लागि छापावाल सुनको मूल्य एक लाख १९ हजार एक सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ५५० र एक हजार ४७० रुपैयाँ तोकिएको छ ।

हिजो बिहीबार एक लाख १८ हजार ८०० रुपैयाँमा छापावाल सुन, एक लाख १८ हजार २५० रुपैयाँमा तेजावी सुन र एक हजार ४५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: