Loktantra Khabar National Weekly
Ad

अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा थप २ जना पक्राउ

लोकतन्त्र खबर
१८ मंसिर २०८०

काठमाडौं  मंसिर १८, अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा प्रहरीले सोमबार थप दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेको भुम्लु घर भई काठमाडौंको लाजिम्पाट बस्ने २७ वर्षका सुरेशकुमार श्रेष्ठ र काठमाडौं कलंकीका सुरज खड्कालाई पक्राउ गरेको हो ।

यसअघि आइतबार पनि प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट यही आरोपमा ५ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुले अनलाइनमार्फत युवतीहरुको तस्वीर पठाउने, मोलमोलाइ गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: