Loktantra Khabar National Weekly
Ad

सुनको भाउ तोलाको १ लाख २१ हजार नाघ्यो

लोकतन्त्र खबर
१८ मंसिर २०८०

काठमाडौं मंसिर १८ , दिनदिनै नयाँ रेकर्ड बनाएको सुनको मूल्यले प्रतितोला १ लाख २१ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो ।

आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ ।

सोमबार कारोबार भइरहँदा (११ बजे) सुनको मूल्य प्रतिऔंस २०८६ अमेरिकी डलर कायम भएको छ । नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा स्थिर छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: