Loktantra Khabar National Weekly
Ad

नम्बरी जग्गामा डोजर चलेपछि घरधनीहरुले गरे पत्रकार सम्मेलन

लोकतन्त्र खबर
५ मंसिर २०८३

अनवर अहमद–
सर्लाही ०४ मंसिर । सर्लाहीको कौडेना गाउपालिका वडा १ सुखचैनामा मन्दिरको जग्गा भन्दै डोजर चलाइएका घरधनिहरुले पत्रकार सम्मेलन गर्दै आफनो दुखेसो पोखेका छन ।

 

मलंगवा स्थित जानकी पार्टी प्यालेसको सभाहलमा घरधनिहरुले पत्रकार सम्मेगरि गाउपालिकाले आफुहरुमाथि अन्याय गरेको बताएका हुन् ।

 

सुखचैनाका बिन्दलाल साह,उषा मिश्रा, रुचाई ठाकुर, राम भजन ठाकुर लगायत राम सुमारी साहले पत्रकार सम्मेलन गर्दै आफनो नम्बरी जग्गामा गाउपालिकाले डोजर चलाएपछि आफुहरु मार्कामा परेको पिडित घरधनीहरुले दुखेसो पोखेका छन् ।

 

विगत ४ दशक देखि आफुहरु त्यही जग्गामा बसोबास गर्दै आएको र करिब ७ वर्ष अगाडि मात्र आफुले पक्की घर बनाएको पिडित घरधनि राम सुमारी साहले बताईन ।

 

पक्की घर बनाए पछि घरबासमा गाँउ भरिलाई निम्तो दिएर खाना खुवाएको साहले बताईन । त्यो बेला सम्म मन्दिरको जग्गा हडपेको वा अतिक्रमण गरेको कुनै कुरा नउठेको उनले सुनाईन ।

 

आफुले आउदो चुनावमा उपमेयरमा लडने सुइको पाएपछि आफनो घरमा जबरजस्ती डोजर लगाई राजनीतिक प्रतिसोध साध्ने काम भएको उनले पत्रकार सम्मेलनमा बताईन ।

 

आफनो पुर्खौ देखि बस्दै आएको जग्गामा डोजर लगाएर आफुहरुलाई घरबार विहिन बनाउन खोजिएको अर्की घरधनि रुचाई ठाकुरले बताईन् । उच्च अदालत जनकपुरको निषेधाज्ञा समेतलाई अवज्ञा गर्दै गाउपालिकाले डोजर चलाएपछि आफुहरु बिचल्लीमा परेकोले उचित क्षतिपुर्ती समेतको पत्रकार सम्मेलन मार्फत माग राखेका छन ।

 

हिजो मात्रै कौडेना गाउपालिकाले वडा नं १ सुखचैना स्थित महादेव मन्दिरको ४ कठा १७ धुर जग्गामा अतिक्रमण गरेको भन्दै ६ जनाको घरमा डोजर चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्: