लोकतन्त्र समाचारदाता–
सर्लाही ४ कार्तिक । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साहको बुधबार निधन भएको छ । ब्रह्मपुरी गाउँपालिका –२ घर भएका ८५ वर्षीय साहको उपचारको क्रममा काठमाडौँमा निधन भएको परिवारिक स्रोतले जनाएको हो ।
बिरामी परेपछि गा. पा. अध्यक्ष साहलाई उपचारका लागि काठमाडौँ लगिएको थियो । ब्लड अस्पताल जावालाखेल ललितपुरमा उपचारपछि उहाँ चिकित्सकको सल्लाहमा घर फर्किने तयारीमा रहेकै बेला अचानक निधन भएको बताएको छ । उनको निधन बिहान कोठामै भएको छोरा दिलिप साहले लोकतन्त्रलाई बताउनु भयो । बुवालाई लिएर बुधवारनै नै घर फर्कने तयारीमा परिवारजन थियो ।
ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साहको पार्थिव शरीरलाई काठमाडौँबाट घरमा लिएर आउने जनाएको छ । गा. पा. अध्यक्ष साहलाई केही समयदेखि अप्लाष्टिक एनिमिया (दुर्लभ रगत सम्वन्धी समस्या) देखिएको थियो । छोरा दिलिप साहको भनाई अनुसार गाउँपालिका अध्यक्ष साहको गत जेठ महिना देखि प्लेट रेट पनि घटदै गएको थियो ।
साह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भयो । साह लगभग तिन दशक देखि राजनीतिकमा सक्रिय थिए । तत्कालिन जिल्ला विकास समिति सर्लाहीको सभापति पदमा समेत निर्वाचित भएर काम गरिसकनु भएका साहको निधनले सर्लाही जिल्लावासीले एउटा कुशल र क्षमतावान राजनीतिककर्मी गुमाएको बताएको छ ।

