Loktantra Khabar National Weekly
Ad

आपसी सद्भाव तथा एकताको संदेश दिदै रास्वपा मलंगवाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

लोकतन्त्र खबर
३ कार्तिक २०८३

लोकतन्त्र समाचारदाता–
सर्लाही २ कार्तिक । विजयादशमीको प्रारम्भ सँगै अष्ठमीको पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर कमिटि मलंगवाद्वारा आयोजित भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम सोमवार सम्पन्न भएको छ ।

 

नगर सभापति रिसन राय यादवको अध्यक्षता तथा रास्वपाको मधेश प्रदेश संगठन विभाग सचिव सोहन झाको प्रमुख आतिथ्यता र उपस्थितिमा जिल्ला समन्वय समिति मलंगवाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरूले एकअर्कालाई विजया दशमीको शुभकामना दिँदै आपसी सद्भाव, एकता र सामाजिक सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

नगर सभापति रिसन राय यादवले चाडपर्वले समाजमा आपसी भाइचारा, सद्भाव र एकताको भावना बलियो बनाउने उल्लेख गर्दै स्थानीय नागरिक बीच नियमित भेटघाट र संवाद आवश्यक रहेको बताए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी सोहन झाले जनताका समस्या, आवश्यकता र अपेक्षालाई बुझ्दै समुदायसँग सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिदै कार्यक्रममा उपस्थित सबैलाई बडादशै, दिपावली, तिहार र छठपर्वको पावन अवसरमा सम्पूर्ण नागरिकको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

 

उनले राजनीति जनताको सेवा र जनसरोकारका विषयको समाधान सँग जोडिनुपर्ने धारणा राख्दै सुशासन, पारदर्शिता र जनउत्तरदायी कार्यशैलीलाई प्राथमिकता दिनुपर्ने सचिव झाको भनाई थियो ।

 

झाले ‘स्वतन्त्रता, सुशासन र समृद्धि’ को मूल नारालाई व्यवहारमा उतार्न जनतासँग निरन्तर संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै चाडपर्वले समाजमा सकारात्मक सोच, आपसी विश्वास र एकताको वातावरण निर्माण गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर कमिटि मलंगवाका सम्पुर्ण साथीहरुलाई आग्रह समेत गर्नुभयो ।

 

‘जनताको साथ, समृद्धिको बाटो’ भन्ने संकल्पका साथ आयोजित उक्त कार्यक्रमले स्थानीय नागरिक र पार्टीका नेता–कार्यकर्ताबीच सम्बन्ध विस्तार गर्नुका साथै जनसरोकारका विषयमा छलफल गर्ने अवसर प्रदान गरेको रास्वपा जिल्ला कमिटी सर्लाहीका सदस्य दिवानी घिमिरे जनाएको छ । कार्यक्रमको संचालन मलंगवा नगर कमिटि उपसभापति उषा कुमारी यादवले गरेकी थिईन् भने कार्यक्रममा स्वागत मन्तव्य नगरकमिटि सचिव संजय यादवले गरेका थिए ।

 

शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर कमिटि मलंगवाका १२ वटै वडाका वडासभापति तथा पार्टीमा कार्यरत कार्यकर्ताहरुले एकअर्कालाई अंकमाल गर्दै अबिर लगाएर शुभकामना आदानप्रदान गर्दै जय घण्टीको नारा बुलंन्द पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्: