Loktantra Khabar National Weekly
Ad

गरिब दुखिलाई १ लाख २५ हजार बराबरको खाधान सहयोग

लोकतन्त्र खबर
२८ फाल्गुन २०८२

लोकतन्त्र समाचारदाता–
सर्लाही २८ फागुन । मुस्लिम समुदायको पवित्र रमजान महिनाको अवसर पारेर ५० परिवारलाई खाध्य पदार्थ बितरण गरेको छ । नेपाल मुस्लिम शान्ति समाज नामक सामाजिक संस्थाले गरिब, दुखि र विपन्न पचास घर–परिवारलाई २५ सय रुपैयाको दरले पर्ने गरि आलु, प्याज, दाल, चामल लगायतका आवश्यक खाद्य सामग्री वितरण गरेको संस्थाका प्रवतmा मो. समिरुदिन मिकरानीले जनाएको छ ।

 

शान्ति समाजले रमजान महिनाको अवसर पारेर हरेक वर्ष ५० घर–परिवारलाई खाद्यान्न सहयोग वितरण गर्दै आएको प्रवतmा मिकरानीले बताउनु भयो । शान्ति समाजका अध्यक्ष अजिज मन्सुरीले दिएको जानकारी अनुसार नेपाल मुस्लिम शान्ति समाजले सेवा नै धर्म हो, भन्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यहरू निरन्तर गर्दै जाने बताएको छ ।

 

शान्ति समाज नामक संस्थाले विगतका दिनहरुमा पनि समाजिक कुरिती अन्त्य, दाईजो पर्था मुक्तm समाज निर्माण, युवा पुस्तालाई कुलतबाट बचाउन सचेतना अभियान, महिला सशतmीकरण, लगायतका कामहरु निरन्तर गर्दै सामाजिक विकासमा टेवा पुर्याएको भन्दै संस्थाको चौतर्फी प्रशंसा भईरहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्: