स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (फागुन २४) सुनको मूल्य ३५ सय रुपैयाँले बढेको हो । आजका लागि प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँ तोकिएको छ । यसअघिको कारोबार दिन शुक्रबार (फागुन २२) मा तोलाको तीन लाख १३ हजार ४०० रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ४७५ रुपैयाँ कायम भएको छ । सौजन्य जनकपुर टुडे
प्रतिक्रिया दिनुहोस्:

