Loktantra Khabar National Weekly
Ad

मधेशमा मधेशी दलकै पत्ता साफ

लोकतन्त्र खबर
२३ फाल्गुन २०८२

वीरगञ्ज । सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको मत परिणामले निर्वाचनमा मधेसवादी दलको पत्ता नै साफ भएको देखिन्छ । यस्तो देखेर धेरैले भन्न थालेका छन्, ‘यसपालि त मधेसकेन्द्रित दलको पत्ता साफ नै भइसक्यो ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याइरहेको अप्रत्याशित मत परिणामले मधेसमै मधेसवादी दलहरू ओझेलमा परिसकेको छ ।

यतिबेला मधेसवादी दलले जित्न सक्ने सम्भावित सिट मध्ये सप्तरी क्षेत्र नं. ३ हो । तर त्यसमा पनि खासै सम्भावना देखिदैन । कति बेला रास्वपाले पर्छाला त्यसको सम्भावना छैन । उनीहरूको स्थिति कमजोरै हो त ? मधेस मामिलाका जानकार चन्द्रकिशोर भन्छन्, ‘अवस्था खराब नै छ, कुनै नेता आफ्नो व्यक्तिगत क्षमताले जिते भने त्यो बेग्लै कुरा हो, त्यसबाहेक सबैको हालत खराब देखिएको छ ।’ संगठनको बलमा जित्ने अवस्था कुनै पनि दलको नभएको र पार्टी अध्यक्षहरू नै ढुक्क हुने अवस्थामा नभएका उनले बताए ।

मधेसवादी दलहरू ‘पत्ता साफ’ नभए पनि ‘वेभ’ भने नेदेखिएको हो । ‘मधेसवादी दलका लागि यो पतझडको मौसम हो, वसन्त आउँदैन,’ उनले भने, ‘मधेसवादी दलले संघीय सरकारदेखि प्रदेश सरकार र स्थानीय सरकारमा गरेको प्रदर्शन (पर्फमेन्स) राम्रो नभएको कारण अहिलेको अवस्था आएको हो ।’ जेनजी आन्दोलन भएपनि मधेसवादी दलको संरचनामा कुनै फेरबदल नभएको, टिकट वितरणमा पनि केही फरकपन नदेखिएको हुँदा लिड गर्न सक्ने सम्भापना पनि देखिदैन उनको बुझाई छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल र तराई मधेसमा गठन भएका अन्य दलहरू यतिबेला चुनावमा होमिएका थिए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ बाट अग्रता लिएका छन् । जसपा नेपालका संरक्षक महन्थ ठाकुर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भइसकेका छन् ।

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो सर्लाही–२ तेश्रो स्थानमा चलिरहेका छन् । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सप्तरी–२ मा रास्वपाको पछिपछि दोश्रो स्थानमा छन् । तर उनीहरूको अवस्था पहिलेझैँ छैन, चुनावी नतिजा आफ्नो पक्षमा देखिदैन । मधेसकेन्द्रित दलहरूका बिचमा मोर्चा बने पनि त्यो यो चुनावमा भने निष्क्रिय रह्यो, अर्थात् नेताहरूले पर्याप्त तालमेल जुटाउन नसक्दा पनि यस्तो दुर्दशा अवस्था आएको बुझाई छ ।

मधेसवादी दलहरू यसपटक एक्लाएक्लै निर्वाचनमा होमिएका थिए । यद्यपि राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र जसपा (अशोक राई)ले एउटै चुनाव चिह्न निर्वाचनमा भाग लिएपनि खासै असर पार्न सकेनन् । त्यसबाहेक अरू कुनै पनि दलहरूका बिचमा कुनै प्रकारको सहमति भएको छैन । रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले विभिन्न पाँचवटा साना दलसँग गठबन्धन बनाए पनि त्यसको खासै प्रभाव देखाउन सकेनन । अनिल झा नेतृत्वको नेपाल सद् भावना पार्टीका नेताहरू विभिन्न दलबाट चुनाव लडेका छन् ।

उक्त पार्टीका अध्यक्ष अनिलकुमार झा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन् तर असर पार्न सकेको छन् । जसपा नेपालका नेता शरतसिंह भण्डारीको अवस्था पनि निकै खराब छ । महोत्तरी दुईबाट भारी मतान्तरले दोश्रो स्थानमा छन् । जसपा नेपालका संरक्षक महन्थ ठाकुरले महोत्तरी–३ मा आफ्नी छोरी डा. मीनाक्षी यादवलाई उम्मेदवार बनाएका छन्, तर त्यहाँ रास्वपाको अग्रताले तेश्रो स्थानमा छन् । २०७९ को निर्वाचनमा जसपा नेपालबाट सिरहा–२ बाट जितेका राजकिशोर यादव यसपटक सिरहा–४ बाट उम्मेदवार बनेका छन् ।

उनलाई रास्वपाका तपेश्वर यादवले टक्कर दिएका छन् । रास्वपाका समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवको क्षेत्र भएको कारण त्यो क्षेत्रमा रास्वपाको प्रभाव बढी नै देखिएको छ । विगतमा जसपा नेपालबाट जितेका डा. वीरेन्द्र महतो यसपटक जनमत पार्टीबाट उम्मेदवार छन् । यहाँ तपेश्वर भारी मतान्तरले अग्रता कायम गरेका छन् ।

गत निर्वाचनमा कांग्रेसका विनोद चौधरीसँग हारेका हृदयेश त्रिपाठी यसपटक जनता समाजवादी पार्टी नेपालबाट नवलपरासी–१ मा उम्मेदवार बनेका छन् । तर जित्ने सम्भावना छैन । जसपा नेपालकै सर्वेन्द्रनाथ शुक्ला रूपन्देही–४ मा उम्मेदवार छन्, उनले अघिल्लो पटक यहीँबाट जितेका थिए । तर यसपटक उनलाई पनि कठिन देखिएको छ ।

त्यहाँ पनि रास्वपाले प्रभाव पारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कन्हैया बानियाँले गत निर्वाचनमा लोसपाबाट प्रदेशसभा जितेका उनी राजीनामा दिएर रास्वपाबाट उम्मेदवार जसपा नेपालका शुक्लालाई असर पारेको छ । राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष डा. राजीव झा धनुषा–३ बाट उम्मेदवार थिए । तर उनले पार्टीबाट राजीनामा दिएर रास्वपामा प्रवेश गरी मनीष झालाई समर्थन गरिसकेका छन् । आफ्नै उम्मेदवारले रास्वपालाई समर्थन गरिसकेपछि रामुपाले धनुषा–३ मा कांग्रेसलाई समर्थन गरेको छ ।

त्यस्तै, सप्तरी–३ का रामुपाका उम्मेदवार गजेन्द्र मण्डलले कांग्रेसका उम्मेदवार दिनेश यादवलाई समर्थन गरेका छन्, दिनेशले यसअघि पनि त्यहाँबाट चुनाव जितेका थिए । यो क्षेत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि उम्मेदवार छन् । जसपा नेपाल र रामुपा एउटै मोर्चामा छन् तर गजेन्द्र मण्डलले उपेन्द्र यादवलाई समर्थन नगरेर कांग्रेसका सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: