सर्लाही – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक भएको छ। बिहान ७ बजेसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता कायमै राखेका छन्। हालसम्मको मतगणनामा रास्वपाका सिंहले ११ हजार ३८३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवारले ६ हजार ९५२ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा एमालेका उम्मेदवारले १ हजार ९६७ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका उम्मेदवारले ८४० मत ल्याएका छन्। नेकपा (तारा चुनाव चिह्न) ले ४८९ मत प्राप्त गर्दा जसपा नेपालले ३६ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २० मत प्राप्त गरेको छ। यसैबीच, मतगणनामा १ हजार ८७ मत बदर भएको जनाईएको छ। मतगणना कार्य जारी रहेको छ। जिल्लाका अन्य क्षेत्रमा पनि रास्वपा अग्रस्थानमा छ । सौजन्य धड्कन एफ.एम.

