Loktantra Khabar National Weekly
Ad

सर्लाही – ३ : कलवार २० हजार नाघे, श्रेष्ठ दोस्रो स्थानमा

लोकतन्त्र खबर
२३ फाल्गुन २०८२

गोडैता ( सर्लाही ) : सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो ताजा मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह कलवारले उल्लेख्य अग्रता कायम गरेका छन् । हालसम्म सार्वजनिक प्रारम्भिक मत परिणाम अनुसार नरेन्द्र साह कलवारले २० हजार २७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार नारायणकाजी श्रेष्ठले ६ हजार ७४२ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार विनोद कुमार खनालले २ हजार ८४६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार हरी प्रसाद उप्रेतीले २ हजार १४२ मत प्राप्त गरेका छन् । सौजन्य धड्कन एफ.एम.

 

प्रतिक्रिया दिनुहोस्: