Loktantra Khabar National Weekly
Ad

सेयर बजारका सबै सूचक घटे, नेप्से झयो २६१४ अंकमा

लोकतन्त्र खबर
१० फाल्गुन २०८२

काठमाडौं, १० फागुन । साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.५९ अंक घटेको छ । सो कमीपछि नेप्से २६१४ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । यसअघि गत मंगलबार ८ अर्ब ३६ करोडको कारोबार भएको थियो । त्यसयता आज आइतबार मात्रै कारोबार भएको हो । आज कारोबार रकम ६ अर्ब ६९ करोडमा खुम्चियो। ३४ कम्पनीको मूल्य बढ्दा २२० को घट्यो भने ७ को स्थिर रह्यो । समूहगत सूचक सबै राताम्मे भएका छन् । बैंकिङ ०.५२, विकास बैंक १.४१, फाइनान्स ०.५६, होटल तथा पर्यटन १.०९, जलविद्युत् १.८१, लगानी ०.९४, जीवन बीमा ०.७३, उत्पादन तथा प्रशोधन १.०२, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.४२, अन्य ०.८५, व्यापार ३.५९ प्रतिशत घटे ।

साल्पा विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । रिलायन्स स्पिनिङ मिल्सको ९.२६, कालिका लघुवित्त वित्तीय संस्थाको ५.१७, मञ्जुश्री फाइनान्सको ४.४२ तथा सुपर मादी हाइड्रोपावरको ४.१६ प्रतिशत बढ्यो । बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.९२ प्रतिशत घट्यो । त्यस्तै रिडी पावरको ८.३३, अरुणखोला जलविद्युत् कम्पनीको ८.२८, नारायणी डेभलपमेन्ट बैंकको ६.९१ तथा सागर डिस्टिलरीको ६.२३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, एसवाई प्यानल, ङादी ग्रुप र राधि विद्युत् क्रमशः अगाडि रहे । सौजन्य अनलाइनखबर

 

प्रतिक्रिया दिनुहोस्: