नेपाल– भारतका सुरक्षा अधिकारीहरुको शनिबार वीरगञ्जमा भएको सीमा समन्वय समितिको बैठकबाट प्रतिनिधिसभाको निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि नै भारतसंगको सीमा पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ । वीरगञ्जमा शनिबार भएको दुई देशीय बैठकबाट निर्वाचनको समयमा हुन सक्ने क्रस बोर्डर अपराधको सम्भावनालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउने तथा सीमामा हुन सक्ने मदिराको खरिद बिक्री एवं सेवन तथा नक्कली नोटको कारोबारमा पनि आवश्यक निगरानी बढाउने सहमति भएको बताइन्छ । उक्त बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र भारत बिहार पूर्वी चम्पाराण जिल्लाका डिक्सट्रिट मेजिस्ट्रेट सौरभ जोरवाल र पश्चिम चम्पारणका जिल्लाका मेजिस्ट्रेट धर्मेन्द्र कुमारको नेतृत्वमा दुवै देशका मातहतका सुरक्षा अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । नेपालतर्फका नेपाली सेनाबाहेक सम्पूर्ण सुरक्षा निकायका अधिकारीहरुको पनि सहभागिता रहेको थियो । सौजन्य जनकपुर टुडे

