Loktantra Khabar National Weekly
Ad

मेची भन्सारद्वारा नौ अर्ब बयानब्बे करोड राजस्व असुली

लोकतन्त्र खबर
७ फाल्गुन २०८२

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार रुपैयाँ सङ्कलनको लक्ष्य निर्धारण भएको थियो । यद्यपि माघमा मात्रै एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार रुपैयाँ सङ्कलन भएको छ। यो माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो । चालु आवमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य छ । सौजन्य थाहा खबर

 

प्रतिक्रिया दिनुहोस्: