Loktantra Khabar National Weekly
Ad

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो

लोकतन्त्र खबर
२८ माघ २०८२

काठमाडौं, २७ माघ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जाँदै गरेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशी नदीमा बाहक बस खसेको हो । प्रदेश ३ ०१–००५ख९९७५ नम्बरको बस दुर्घटनामा परेको खुलेको रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए । बसमा सवार ६ यात्रु भने घाइते अवस्थामा फेला परेकाले उद्धार गरेर उपचारका लागि पठाइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । सौजन्य अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्: