Loktantra Khabar National Weekly
Ad

टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग खेल्ने

लोकतन्त्र खबर
२८ माघ २०८२

टी–२० विश्वकपको समूह चरणको खेलमा पाकिस्तानले भारतसँग खेल्ने भएको छ । यसअघि पाकिस्तान सरकारले भारतसँगको खेल नखेल्ने घोषणा गरेको थियो । तर त्यसपछि भएका निरन्तरका छलफलबाट हिजो बेलुका पाकिस्तान सरकार र आईसीसीबाट एकैसाथ खेल्ने निर्णय भएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रतियोगिताको व्यावसायिक केन्द्रबिन्दु मानिने यी दुई देशबीचको खेल यहि फेब्रुअरी १५ तारिख अर्थात् आउँदो आइतबार कोलम्बोमा हुनेछ । छलफलबाट भारतमा खेल्न अस्वीकार गरेको कारण टी–२० विश्वकप बहिष्कार गरेको बङ्गगलादेशलाई कारबाही नगर्ने पनि निर्णय भएको छ । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले यस विषयमा श्रीलङ्काका राष्ट्रपति कुमारा दिसानायकेसँग पनि कुरा गर्नुभएको थियो । आईसीसीले पनि वार्ता सफल भएको बताएको छ । आईसीसी र पीसीबी बीचको वार्ता दुवै पक्षले रचनात्मक व्यवहारको आवश्यकतालाई स्वीकार गर्दै र इमानदारी, तटस्थता र सहयोगका साथ खेलको सर्वोत्तम हितको सेवा गर्ने आफ्नो आकांक्षामा एकताबद्ध, प्रतिबद्ध र उद्देश्यपूर्ण रहेको व्यापक संलग्नताको अंशको रूपमा भएको विज्ञप्तिमा उल्लेख गरेको छ । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: