Loktantra Khabar National Weekly
Ad

सिरहा कारागारबाट बन्दुक र गोली बरामद

लोकतन्त्र खबर
२८ माघ २०८२

सिरहा कारागारबाट बन्दुक र गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई निकालिएको छ । जिल्ला सुरक्षा समितिले सोमबार गरेको अनुगमनका क्रममा कारागारभित्र एक थान बन्दुक र दुई राउण्ड गोली भेटिएको छ । यससंगै कारागारबाट चुरोट, सुर्तीलगायतका प्रतिबन्धित पदार्थ पनि बराबर गरिएको छ । त्यस्तै यसमा संलग्न रहेको आरोपमा नाइके इन्द्रजीत यादवसहित १३ जनालाई कारागारबाट निकालेर प्रहरी हिरासतमा राखिएको सिरहा प्रहरीले जनाएको छ । उनीहरूलाई अन्य ठाउँको कारागारमा पठाउने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । कारागारभित्र प्रहरी प्रशासनकै मिलेमतोमा मदिरादेखि लागूऔषधसम्मको कारोबार हुँदै आएको छ । कारागारमा अवैध रुपमा फोन प्रयोग र चन्दाका नाममा गैरकानुनी रुपले असुली हुँदै आएकोलगायतका अवैध गतिविधि हुँदै आएको थियो । नेपाल प्रहरीका डीएसपीको कमाण्डमा गठित छानबिन समितिले ९० पेजको अनुसन्धान प्रतिवेदन जिल्ला सुरक्षा समितिसमक्ष पेश गरेको थियो । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: