Loktantra Khabar National Weekly
Ad

वीरगञ्जमा विदेशी सुनचोर गिरोह सक्रिय, तीनघरबाट करोडौंको गहना चोरी

लोकतन्त्र खबर
२७ माघ २०८२

वीरगञ्जमा केही समयदेखि सुन चोर गिरोहको बिगबिगी बढेको छ । वीरगञ्जको तिनवटा घरबाट एक करोडभन्दा बढीका सुनको गहना चोरी गरिएको जनाइएको छ । आसन्न निर्वाचनलाई लिएर प्रहरीको व्यस्तता बढेसङ्गै मैकाछोपी सीमावर्ती भारतीय चोर गीरोह सक्रिय भएको प्रहरी स्रोतको भनाइ छ । एक हप्ता देखि विभिन्न घरमा गहना राखिएको ठाउको पुख्ता सुचना संकलन गरेपछि घरमा कोही नभएको मौका छोपेर घरबाट सुनका गहना मात्रै लुटपाट तथा चोरी गर्ने गिरोहले चोरी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

वीरगञ्ज महानगर क्षेत्रमा मान्छे नभएको बेला घरमा प्रवेश गरी एक करोड भन्दा बढीको सुनको गहना एकै घरबाट चारी गरिएको बताइन्छ । छठपर्वको दिन परिवारका सबैजना छठघाट पुगेको एक घन्टामा ठुलो मात्रामा सुनको गहना र ५लाख रुपैया चोरी भयो । वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ स्थित अठराहा गाउ जानेबाटमा सिर्सियाका श्याम पटेलको घरबाट भएको करोडौको चेरीले स्थानिय गाउलेको सुरक्षा चिन्ता बढाएको छ ।

यही माघ १२ गते वीरगञ्ज–१५ स्थित एनआई कलेज जाने सडक नजिकै रहेको श्यामकिशोर लाल कर्णको घरबाट करिब रू ५० लाख बराबरको सुनचाँदी चोरी भएको छ । घरमा कोही नभएको मौका पारेर तीन जना अपरिचित व्यक्ति सो मूल्य बराबरको सुनचाँदीका गरगहना चोरेर फरार भएका हुन् । त्यसको एक दिन नबित्दै १३ गते लिङ्करोड स्थित वीरेन्द्र सिंहको घरबाट १०तोला भन्दा बढीको गहना चेरी भएको छ ।सिह परिवार एक हप्ता अगाडि मात्र बैकबाट गहना निकालले ल्याएको थियो । सुन र घडी चोरी भएको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा परेको छ ।चोरी भएको गहनाहरुको बजन उजुरीमा एकिन साथ उल्लेख नगरिएकोले कति सम्पति चोरी भएको बताउन नसकिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । लगातार पछिल्ला यी तिन घटनाले बीरगन्जमा घरमा मान्छे नभएको मौका छोपेर ठुलोमात्राका सुनचाँदीलगायत गरगहना चोरी भएको देखाउँछ ।

पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतले मान्छे नभएको घरलाई लक्षित गरेर सुनचाँदी लगायत गरगहनाको चोरीका घटना भएको बताए। “केही दिनयता वीरगञ्ज महानगर आसपासमा तिन वटा चोरी भएको उजुरी आएको छ, अनुसन्धान जारी छ”, उनले भने, “ तिनै घरमा चोरी गरिएका व्यक्तिहरु फरक उम्मेरका भएपनि पेसेवर गीरोह वीरगञ्जमा सक्रिय भएको यहाँले स्वीकार्नु भयो ।

अहिले प्रहरीसँग भएको उपलब्ध स्रोतसाधन र विधिको प्रयोग गरेर चोरी गर्नेको खोजी कार्य जारी राखेका छौँ ,छिटै सफलता पाउने आशावादी भएको उपरिक्षक बस्नेतले दाबी गरे । पर्सा प्रहरीका प्रवक्ता बस्नेतले अधिकांश घरमा मान्छे नभएको मौका छोपेर चोरीका घटना भएको अनुसन्धानले देखाएको बताए । “सकभर आफ्नाको घरको सबै सदस्य बाहिर जानुपर्ने अवस्था आएको खण्डमा स्थानीय प्रहरीलाई खबर गरेर जानका लागि सर्वसाधारणसमक्ष अनुरोध गर्दछौँ, त्यस्तो खबर पाएको खण्डमा प्रहरीले निगरानी बढाएर आवश्यक सुरक्षा प्रबन्धको व्यवस्था मिलाउने थियौँ”, उनले भने । खास गरेर भारतको बिहारमा सुरक्षा व्यवस्था कडा गरिपछि सिमावर्ती अपराधीहरु वीरगन्जमा सक्रिय भएको बताइन्छ ।वीरगन्ज नजिकै रहेको घोडासहनको सट्टरतोरुवा ग्रुपको सम्पर्क र सानिध्यता वीरगञ्जसङ्ग पुरानो छ । सौजन्य जनकपुर टुडे

प्रतिक्रिया दिनुहोस्: