Loktantra Khabar National Weekly
Ad

प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइ निर्वाचनपछि हुने

लोकतन्त्र खबर
२२ माघ २०८२

विवादसम्बन्धी दुई वटा फरक मुद्दा आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि मात्रै अघि बढ्ने भएको छ ।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा विघटनको मुद्दा माघ २८ का लागि साधारण तारिख तोकेको थियो । त्यस्तै कांग्रेसको आधिकारिकता विवादमा विपक्षीहरुलाई म्याद तामेलसमेत भएको छैन ।

सर्वोच्च अदालतले मुद्दा व्यवस्थापन सम्बन्धी केही कामहरु बाँकी रहे पनि प्रतिनिधिसभा विघटनको मुद्दामा माघ २८ मा सामान्य तारिख दिएको छ । त्यस दिन सबै काम सम्पन्न भएमा छिटोमा दुई÷तीन सातापछि पेशी तोकिने छ । कम्तीमा पनि फागुन २० अघि प्रतिनिधिसभा विघटनको मुद्दाले सुनुवाइको पालो पाउने देखिँदैन ।

नेपाली कांग्रेसको आधिकारिकताबारे निर्वाचन आयोगले गरेको निर्णयमा शेरबहादुर देउवालगायतका नेताहरुले दायर गरेको रिट निवेदन पनि सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । माघ ६ मा कारण देखाउ आदेश जारी गरेको सर्वोच्च अदालतले शुरुमै एउटा दलभित्रको विवादको कारण निर्वाचन प्रक्रिया नै रोक्न मिल्ने हो कि होइन भनी प्रश्न गरेको थियो ।

म्याद तामेल भएपछि मुद्दामा विपक्षी बनाइएका निर्वाचन आयोगदेखि कांग्रस सभापति गगन थापा र उपाध्यक्ष विश्वप्रकाश शर्माले लिखित जवाफ पेश गर्न १५ दिनको समय पाउँछन् । त्यसबाहेक उनीहरुलाई म्याद थाम्ने सुविधासमेत हुन्छ । निर्वाचन आयोगको निर्णय रोक्न अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको सर्वोच्च अदालतले मुद्दालाई अग्राधिकार भने दिएको छ । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: