Loktantra Khabar National Weekly
Ad

पूर्वमन्त्री जितेन्द्र नारायण देवले छोडे एमाले

लोकतन्त्र खबर
२० माघ २०८२

सर्लाही – पूर्वमन्त्री जितेन्द्रनारायण देवले नेकपा एमाले परित्याग गरेका छन्। सोमबार सप्तरीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसबाट एमाले प्रवेश गरेका देवले छोटो समयमै पार्टी त्यागेका हुन् । उनले देशमा व्याप्त कुशासन, भ्रष्टाचार, बेरोजगारी र युवाको बढ्दो वैदेशिक पलायनप्रति गहिरो असन्तोष रहेको उल्लेख गर्दै भदौ २३ गतेको ‘जेनजी विद्रोह’ त्यसैको परिणाम भएको बताएका छन् ।

देवका अनुसार उक्त आन्दोलनलाई सही रूपमा बुझ्न नखोजी ‘विदेशी षड्यन्त्र’ भनेर व्याख्या गर्नु, पार्टीभित्र व्यक्तिवाद र देवत्वकरणलाई बढावा दिनु तथा स्वेच्छाचारी र विभेदपूर्ण ढंगले पार्टी सञ्चालन गरिनु आफ्नो असहमतिको प्रमुख कारण बनेको हो । यही कारणले आजकै मितिदेखि एमाले परित्याग गरेको उनले स्पष्ट पारेका छन् ।

मानन्धर समूहबाट राजनीतिक यात्रा थालेका देव विभिन्न समयमा नेकपा एमाले, नेकपा माले, मधेशी जनअधिकार फोरम, लोकतान्त्रिक फोरम हुँदै नेपाली कांग्रेससम्म सक्रिय रहेका छन् । यसअघि कांग्रेसबाट राष्ट्रिय सभाका सांसदको रूपमा ६ वर्षे कार्यकाल पूरा गरेपछि पनि उनले पार्टी छोडेका थिए । सौजन्य धड्कन एफ.एम.

 

प्रतिक्रिया दिनुहोस्: