Loktantra Khabar National Weekly
Ad

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

लोकतन्त्र खबर
१९ माघ २०८२

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको जनाएको हो ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजेलमा प्रतिलिटर केही रुपैयाँ वृद्धि गरिएको छ भने आन्तरिक हवाई इन्धनको मूल्य घटाइएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य काठमाडौं, पोखरा र भैरहवाका लागि फरक–फरक तोकिएको छ । नयाँ खुद्रा बिक्री मूल्य २०८२ माघ १९ गते राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

जसअनुसार बढेर आएको भए पनि हाललाई डिजेल तथा मट्टीतेल ३ रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ । त्यस्तै ग्यासको मूल्य ४५ रुपैयाँले बढेर आए पनि हाललाई यथावत् राखिएको पनि निगमले एक सूचनामार्फत जनाएको छ । पेट्रोलको मूल्य यथावत् राखिएको छ । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: