Loktantra Khabar National Weekly
Ad

देश असली नायकको खोजीमा छ, बालेनजस्ता नक्कली होइनन : प्रभु साह

लोकतन्त्र खबर
१७ माघ २०८२

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देश अहिले राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र जोगाउन सक्ने “असली नायक” को खोजीमा रहेको बताएका छन् ।

उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै “नक्कली नायक” बाट देश नजोगिने टिप्पणी गरे । बिहीबार रौतहटको मौलापुरमा आयोजित पार्टीको विशेष प्रशिक्षण कार्यक्रममा बोल्दै साहले अहिलेको राजनीतिक परि स्थिति गम्भीर संकटपूर्ण रहेको बताए । “राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र नै संकटमा छन् ।

यसलाई जोगाउन सक्कली नायक चाहिएको छ । गरिब, निमुखा र भुईँमान्छेको सेवक चाहिएको छ,” उनले भने, “देशले बालेन शाहजस्ता नक्कली नायक खोजेको छैन ।” साहले “ठग, भ्रष्टाचारी र लुटेराहरू” बाट मुलुकको भविष्य सुरक्षित नहुने दाबी गरे । अध्यक्ष साहले वर्तमान सरकार एकपक्षीय भएको आरोप लगाए ।

उनले केही दलका नेताहरूलाई राज्यले विशेष सुरक्षा दिएको तर पूर्वमन्त्री तथा पूर्वसांसदहरूको सुरक्षाकर्मी फिर्ता गरिएको भन्दै आपत्ति जनाए । “यो सरकार नै एउटा दल विशेषको जस्तो देखिएको छ,” साहले भने, “मन्त्रीहरू आफ्नो जिम्मेवारीभन्दा पनि अर्को दलबाट संसद् छिर्ने दाउमा छन् ।” नेता साहले पछिल्लो “जेनजी आन्दोलन” पनि गलत हातमा परेको दाबी गरे ।

आन्दोलनमा योगदान दिनेहरू अहिले उपेक्षित भएको तर अवसरवादीहरू सत्तामा पुगेको उनको भनाइ थियो । “जेन– जी आन्दोलनको मर्ममाथि प्रहार भएको छ । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: