Loktantra Khabar National Weekly
Ad

३० भन्दा बढी कलाकारको जम्बो टोली लिएर आउँदै ‘वेलकम टू द जंगल’, रिलिज मिति घोषणा

लोकतन्त्र खबर
१५ माघ २०८२

मुम्बई । आफ्नो सिग्नेचर ट्युनबाटै दर्शकलाई हँसाउन सफल भारतको सबैभन्दा ठूलो कमेडी फ्रेन्चाइजी ‘वेलकम’ तेस्रो भागका साथ हलमा फर्किने भएको छ ।

लामो पर्खाइपछि निर्माण पक्षले यो शृङ्खलाको नयाँ फिल्म ‘वेलकम टू द जंगल’ को आधिकारिक रिलिज मिति सार्वजनिक गरेको हो । यो फिल्म आगामी २६ जुन २०२६ मा विश्वभरका सिनेमाघरमा प्रदर्शन हुनेछ । सन् २००७ मा रिलिज भएको ‘वेलकम’ र २०१५ को ‘वेलकम ब्याक’ लाई अनिस बज्मीले निर्देशन गरेका थिए। तर, यसपटक भने निर्देशनको जिम्मेवारी बलिउडका चर्चित कोरियोग्राफर तथा निर्देशक अहमद खानले सम्हालेका छन् ।

अहमद खानको निर्देशनमा तयार भएको यो फिल्ममा ३० भन्दा बढी नाम चलेका कलाकारहरूको अभिनय रहनेछ, जसले यसलाई भारतीय सिनेमाकै सबैभन्दा ठूलो मल्टी–स्टारर कमेडी फिल्म बनाउने दाबी गरिएको छ । फिल्मको विशाल कास्टमा अक्षय कुमार, सुनिल शेट्टी, ज्याकी श्राफ, परेश रावल, अरशद वारसी, राजपाल यादव, जोनी लिभर, आफताब शिवदासानी, श्रेयस तलपडे र तुषार कपूर जस्ता दिग्गज अभिनेताहरू छन् । साथै अभिनेत्रीहरूमा रविना टन्डन, लारा दत्ता, दिशा पटानी, ज्याकलिन फर्नान्डिस र उर्वशी रौतेलाले स्क्रिन सेयर गर्नेछन् ।

यति मात्र नभई फिल्ममा कृष्णा अभिषेक, किकु शारदा, विन्दु दारा सिंह, मुकेश तिवारी, यशपाल शर्मा, नवाब शाह, किरण कुमार, पुनीत इस्सर, अर्जुन फिरोज खान, सुदेश बेरी, हेमन्त पाण्डे, जाकिर हुसेन, सयाजी शिन्डे र गायक दलेर मेहेन्दी समेत महत्वपूर्ण भूमिकामा देखिनेछन् । दिवंगत अभिनेता पंकज धीरको उपस्थिति फिल्मको अर्को विशेष पक्ष रहनेछ । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: