Loktantra Khabar National Weekly
Ad

बाहिरबाट आएर झुटा सपना देखाउने, ठेकेदार र जाली नेताहरूलाई भोट नदिनुहोस् – एमाले नेता राय

लोकतन्त्र खबर
१३ माघ २०८२

मलंगवा – सर्लाही – ४ का एमाले नेता शिव पुजन रायले आगामी निर्वाचनलाई लक्षित गर्दै मतदातालाई सचेत भएर मतदान गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एक सन्देशमा उनले बाहिरबाट आएर झुटा आश्वासन बाँड्ने, ठेकेदार प्रवृत्तिका र जाली नेताहरूलाई भोट नदिन अपिल गरेका हुन् ।

रायले चुनाव नजिकिँदै जाँदा धेरै नेताहरू एकाएक गाउँ टोलमा देखिन थालेको उल्लेख गर्दै भनेका छन्, “भोट माग्न घर घर आउने नेताहरू जनताको दुःख, समस्या पर्दा भने हराउँछन् ।” त्यसैले यस पटक मतदाताले सोचेर, बुझेर र विवेक प्रयोग गरेर मतदान गर्नुपर्ने उनको भनाइ छ ।

आफू कुनै एसी कोठामा बस्ने नेता नभई सधैं जनताकै बीचमा बसेर सानोदेखि ठूलो कामसम्म सेवामा लागेको दाबी गर्दै उनले जनतासँगको निरन्तर सम्बन्धलाई आफ्नो राजनीतिक पूँजीका रूपमा प्रस्तुत गरेका छन् । उनले यसपटकको निर्वाचनमा आफ्ना छोरा तथा युवा नेता अवनिश यादव सूर्य चुनाव चिन्हबाट उम्मेदवार रहेको जानकारी दिँदै अवनिश इमानदार, ऊर्जाशील र किसान, मजदुर तथा गरिबको पीडा बुझ्ने नेता भएको बताए। “उहाँलाई जनताको आशीर्वाद र साथ आवश्यक छ,” रायले सन्देशमा उल्लेख गरेका छन् ।

अन्त्यमा उनले गलत प्रवृत्तिविरुद्ध एकजुट हुन आह्वान गर्दै झुटलाई होइन, साँचोलाई जिताउन आग्रह गरेका छन् । “यसपालीको भोट सूर्यमा, यसपालीको भोट युवा अवनिश यादवलाई,” भन्दै उनले मतदातासँग समर्थन मागेका छन् । सौजन्य धड्कन एफ.एम.

 

प्रतिक्रिया दिनुहोस्: