मुम्बई । फिल्म ‘स्त्री–२’ मा अभिनेत्री तमन्ना भाटियाको डान्स नम्बर ‘आज की रात’ले एक नयाँ उपलब्धि हासिल गरेको छ । यो गीतले युट्युबमा आधिकारिक रूपमा १ अर्ब अर्थात् १०० करोड भ्युज पाएको छ ।
गीतको यो सफलतामा अभिनेत्री तमन्ना भाटियाले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छन् । उनले गीतको सुटिङका झलक सेयर गर्दै लेखेकी छन् , ‘पहिलो भ्युदेखि १ बिलियम भ्युजसम्म । तपाईंहरू सबैको मायाका लागि धेरै–धेरै धन्यवाद ।’ उनले सेयर गरेको भिडियोमा कोरियोग्राफर विजय गांगुली र टोलीका अन्य सदस्यहरूसँग रमाइलो गरिरहेको र रिहर्सल गरिरहेको देखिएकी छन् ।
‘आज की रात’ श्रद्धा कपूर र राजकुमार राव अभिनित ब्लकबस्टर फिल्म ‘स्त्री–२’ को गीत हो । यो आइटम डान्समा तमन्ना भाटियाले उत्कृष्ट नृत्य प्रस्तुत गरेकी छन् । गीतमा मधुबन्ती बागची र दिव्य कुमारको स्वर छ । गीतका शब्द अमिताभ भट्टाचार्यले लेखेका हुन् भने संगीत सचिन–जिगरले दिएका हुन् । सौजन्य यात्रा डेली

