Loktantra Khabar National Weekly
Ad

रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु

लोकतन्त्र खबर
१५ भाद्र २०७९

१४ भदौ, रौतहट । आज बिहान रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् ।

धान खेतमा बिहान काम गर्न गएको बेला चट्याङ लाग्दा उनीहरूको मृत्यु भएको हो ।

रौतहटको गरुडा नगरपालिका-३ स्थित स्थानीय सरोज सहनीको धान खेतमा काम गर्न गएकी १८ वर्षीया मनिषा कुमारी, ३९ वर्षीया सुदमिया देवी र उनकी १७ वर्षीया छोरी जगिया कुमारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

चट्याङ लागेर घाइते भएकी ४० वर्षीयासहेली देवी सहनीको उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: