Loktantra Khabar National Weekly
Ad

एन्ड्रोइड स्मार्टफोन सुस्त भयो ? यी सजिला उपायले बढ्नेछ फोनको गति

लोकतन्त्र खबर
२८ पुष २०८२

एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरूमाझ केही महिनापछि डिभाइस सुस्त (स्लो) हुने समस्या आम गुनासोको रूपमा रहने गरेको छ । गुगलले एन्ड्रोइड अपडेटमार्फत कार्यक्षमतामा सुधार र नयाँ ‘मटेरियल यू’ परिवर्तनहरू ल्याएको भए पनि फोन सुस्त महसुस भइरहेको छ भने ‘क्यास क्लियर’ (ऋबअजभ ऋभिबच) गर्नु एक प्रभावकारी समाधान हुन सक्छ। यसले स्टोरेज खाली मात्र गर्दैन, डिभाइसको प्रतिक्रिया दिने गति समेत बढाउँछ ।
के हो क्यास डेटा ?

क्यास वास्तवमा अस्थायी डेटा हो, जसलाई एप र ब्राउजरले बारम्बार प्रयोग हुने फाइलहरू छिटो लोड गर्नका लागि सुरक्षित राख्छन् । समयसँगै यो डेटा पुरानो वा खराब हुन सक्छ, जसले फोनको कार्यक्षमतामा नकारात्मक असर पार्छ ।

एन्ड्रोइड १६ मा गुगलले धेरै सुधार गरे पनि पुराना क्यास फाइलहरूले डिभाइसको स्पिड घटाउन सक्छन् । यस्तो अवस्थामा क्यास सफा गर्नु नै सबैभन्दा छिटो समाधान हो ।

क्यास क्लियर गर्दा फोनको स्पिड बढ्छ र एपहरू अझ सुस्त न भई स्मूथ चल्छन् । विशेष गरी सामाजिक सञ्जाल र स्ट्रिमिङ एप जस्ता धेरै डेटा प्रयोग गर्ने प्लेटफर्ममा यसको प्रभाव स्पष्ट देखिन्छ ।

यसको एउटा सानो बेफाइदा भनेको क्यास हटाएपछि केही एपहरू पहिलो पटक खोल्दा तस्विर वा फाइलहरू पुनः लोड हुन थोरै समय लाग्न सक्छ । तर, यसबाट प्रयोगकर्ताका एकाउन्ट, सेटिङ र व्यक्तिगत डेटामा भने कुनै क्षति पुग्दैन ।

प्रविधि र प्रणालीः कसरी गर्ने सफा ?

एन्ड्रोइड प्रणालीमा क्यास सफा गर्ने दुई प्रमुख तरिकाहरू छन्ः एपहरूको क्यास हटाउने र ब्राउजरको क्यास सफा गर्ने। एपहरूका लागि ‘सेटिङ्स’ मा गएर ‘स्टोरेज’ सेक्सनबाट क्यास हटाउन सकिन्छ ।

त्यस्तै, क्रोम ब्राउजरमा ‘हिस्ट्री सेटिङ्स’ भित्र रहेको ‘क्लियर ब्राउजिङ डेटा’ विकल्प रोजेर क्यास इमेज र फाइलहरू हटाउन मिल्छ । यो प्रक्रियाले डिभाइसलाई रिसेट नगरी नै नयाँ जस्तै अनुभव गराउँछ ।
छ महिनामा एक पटक पर्याप्त

प्रविधि विज्ञहरूका अनुसार हरेक तीनदेखि छ महिनामा एक पटक क्यास क्लियर गर्नु पर्याप्त हुन्छ। यसले कार्यक्षमता सुधार्नुका साथै एपमा आउने सानातिना प्राविधिक गडबडी पनि ठीक गर्छ। अहिलेको प्रचलन अनुसार ‘गुगल फाइल्स’ जस्ता एपले प्रयोगकर्तालाई ‘फ्री अप स्पेस’ को सुझाव समेत दिन्छन्, जसबाट ठूला फाइल र डुप्लिकेट डेटा हटाउन सजिलो भएको छ ।

भविष्यमा एन्ड्रोइड प्लेटफर्मले अझ स्मार्ट स्टोरेज म्यानेजमेन्ट सुविधाहरू ल्याउने अपेक्षा गरिएको छ। तर, हालका लागि प्रयोगकर्ताले आफैँ क्यास क्लियर गर्ने बानी बसाल्नु उचित हुन्छ । यो एउटा सानो कदमले फोनको आयु बढाउन सक्छ र तत्कालै महँगो फोन अपग्रेड गर्नुपर्ने आवश्यकतालाई टार्न मद्दत पु¥याउँछ । सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: