Loktantra Khabar National Weekly
Ad

तोलामा दुई हजारले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

लोकतन्त्र खबर
२४ पुष २०८२

वीरगञ्ज । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलाको २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधवार सुन तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन बुधवार तोलाको ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ४ हजार ८३५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २७ हजार ७९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ । सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: