Loktantra Khabar National Weekly
Ad

विमानस्थलबाट डेढ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ

लोकतन्त्र खबर
२१ पुष २०८२

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट नजिकबाट अवैध लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका ३३ वर्षीय भारतीय नागरिक भीरा भेन्काटा सुब्रमन्यमलाई करिब १ किलो ५ सय ३० ग्राम गाँजा जस्तो देखिने वस्तुसहित विमानस्थल सुरक्षा कार्यालयले गएराति पक्राउ गरेको हो ।

विमानस्थलमा सुब्रमन्यमलाई पक्राउ गरेपछि उक्त लागूऔषध बुझ्न आएका अन्य दुई भारतीय नागरिक अब्दुल रहुफ र यासिन अब्दुल्लालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ। सौजन्य रातोपाटी

प्रतिक्रिया दिनुहोस्: