सर्लाही २२ असोज । १७ र १८ गते भएको अबिरल वर्षाबाट आएको बाढीले कौडेना गाउँपालिका– ३ स्थित ६० मिटर हुलाकी सडक भत्किएपछि आवत–जावत गर्न स्थानीयहरुलाई ठुलो समस्या भएको थियो । कौडेना गाँउपालिकाका अध्यक्ष रुपेश यादव (बब्लु) को पहलमा बाढीले बगाएको सडकमा डाईभर्सन निर्माण भएपछि स्थानीयहरुलाई आउजाउ गर्न सजिलो भएको छ ।
गा.पा. अध्यक्ष यादवले १२ फिट गहिरो खाल्डोलाई पुर्ण र जमेको हिलोलाई हटाउन समय लागेकाले स्थानीयहरु समस्या भोग्न बाध्य भएको थियो । २ दिनको प्रयासले कच्ची सडक बनाउन सफल भएको अध्यक्ष यादवले बताए । पहिलाकै जस्तो पक्की सडक निर्माण गर्न केहि समय लाग्ने उनको भनाई छ ।
बाढीबाट कौडेनावासीहरुको भएको क्षेतिको समेत लगत संकलन गरेर पिडितलाई उचित क्षेतिपुर्ती दिने समेत निर्णय भएको वहाले बताए । बाढीले बगाएर बनेको १२ फिट गहिरो खाडलमा पानी भरिएपछि पैदलयात्रु र सवारी आवतजावत ठप्प भएको थियो ।
.पा. अध्यक्ष यादवको पहलमा सडक निर्माण भएपछि स्थानीयहरुलाई सहज भएपछि आम जनता खुसि भएका छन । नया बनेको सडकबाट स्थानीय जनतालाई ओहरदोहर गर्न कुनै समस्या नहोस भन्दै गा.पा. अध्यक्ष यादव आफै सडकमा उभेर यात्रीहरुलाई सडक पार गराएको देखेर स्थानीयहरु उत्साहित हुदै अध्यक्ष यादवलाई धन्यवाद समेत व्यतm गरेको छ । बाँस र काठको सहायताले अस्थायी लच्का बनाएर छेउबाट बालुवा माटो पुरेर कच्ची सडक निर्माण गरिएको छ ।
बन्द रहेको आवागमन सहज बनाउने प्रयास पालिकाले गरेका छन् । डाईभर्सन सडक र लच्काबाट मोटरसाइकल, साइकल र पैदलयात्रु ओहरदोहर गर्न थालेको हो । बाढीले सडक भत्किएपछि केहि व्यतिmहरुले आवागमनका गराईदिने भन्दै पैदलयात्रुबाट १० रुपैयाँ र मोटरसाइकल चालकबाट १ सय रुपैयाँसम्म शुल्क असुलिँदै आएको थियो ।
गा.पा. अध्यक्ष यादवलाई स्थानीयहरुले यो कुराको जानकारी गराएपछि तुरुन्तै शुल्क लिने कार्य रोक्नु भएको थियो । गाउँपालिका अध्यक्ष यादवले जिल्ला प्रशासन र हुलाकी सडक आयोजनासँग मर्मतबारे समन्वय गरि सडक बनाउन पहल गरेका थिए । सडक बनेपछि धेरै हद सम्म स्थानीयहरुको समस्या समाधान भएको देखिएको छ ।

