Loktantra Khabar National Weekly
Ad

१ हजार बढि मानिसहरुको सहभागितामा जेसिजको सम्मेलन मलंगवामा हुने

लोकतन्त्र खबर
१८ भाद्र २०८२

लोकतन्त्र समाचारदाता–
सर्लाही १८ भाद्र । नेपाल जेसिज क्षेत्र नं. (क) सम्मेलन २०२५ भाद्र २० र २१ गते सर्लाहीको सदरमुकाम मलंगवामा हुने भएको छ ।

 

मलंगवा जेसिजको आयोजना तथा आतिथ्यतामा ४६ वटा शाखाको संयुतm उपस्थिती रहने गरि जेसिज क्षेत्र नं. (क) सम्मेलन २०२५ को आयोजना गरिएको सम्मेलन निर्देशक विभाष कर्णले बताउनु भयो । नेपाल जेसिज क्षेत्र नं. (क) सम्मेलनमा देश भरिबाट १ हजार भन्दा बढि युवाहरुको सहभागिता रहने वहाले बुधवार पत्रकारहरुलाई बताएका हुन् ।

 

यो सम्मेलन खास गरेर १८ देखि ४० वर्ष सम्मका सकृय युवाहरुको एक विशेष वार्षिक भेला हो, जसले उर्जावान युवाहरुको नेतृत्व विकास, व्यतिmत्व निर्माण, र उधमशिलता क्षमताको अभिवृद्धिमा समर्पित रहने सम्मेलनका अध्यक्ष जेसी गणेश सापकोटाले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

 

जेसिजको क्षेत्र नं. (क) सम्मेलन नेपालका स्थानीय शाखाहरुलाई समेटेर सदस्यहरुलाई एकै छातामुनी ल्याउने महत्वपुर्ण मंच हुने सम्मेलनका प्रेस सल्लाहकार जेसी समिरुदिन मिकरानीको भनाई छ । मलंगवा जेसिजका पुर्व अध्यक्ष राजनहरि श्रेष्ठको भनाई अनुसार नेपाल जेसिज क्षेत्र नं. (क) सम्मेलन २०२५ बाट मलंगवा नगरपालिकाको धार्मिक, ऐतिहासिक पर्यटकीय, सास्कृतिक, सम्पदाहरुको अधिराज्य भरि परिचय गराउने उदेश्य रहेको छ ।

 

साथै आउने १० वर्षमा सदरमुकाम मलंगवामा अधिकतम पर्यटकहरुलाई भित्रियाउने लक्ष्यका साथ यो सम्मेलनको आयोजना गरिएको जेसिजका पुर्व अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

 

मलंगवा जेसिजको सकरात्मक पहल तथा उर्जावान युवाहरुको सामुहिक प्रयत्नबाट पर्यटकहरुको आगमनमा वृद्धि, होटल व्यवसायहरुको व्यापारमा वृद्धि होस भनेर समग्र मलंगवाको सामाजिक तथा आर्थिक विकासको लक्षयलाई टेवा पुर्याउने पवित्र उदेश्यका साथ हुन लागेको जेसिज क्षेत्र नं. (क) सम्मेलन २०२५ को सर्वत्र चर्चा तथा प्रशंसा भईरहेको मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवको भनाई छ ।

 

यो सम्मेलनबाट यहाका युवा पुस्तालाई अन्तरसम्बन्ध प्रगाढ बनाउने अवसरका साथ विभिन्न समुदाय, भुगोलका व्यतिmहरु संग संवादबाट आफनो पहिचान, संस्कृतिकलाई देखाउने अवसर प्राप्त हुनेछन । यो सम्मेलनबाट समग्र मलंगवाको विकासमा पनि टेवा पुग्ने नगरप्रमुख यादवको विश्वास रहेको प्रमुख यादवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: