Loktantra Khabar National Weekly
Ad

अनन्त अम्बानीको बिहेमा प्रस्तुति दिन जस्टिन बिबरले कति लिए पैसा?

लोकतन्त्र खबर
२१ असार २०८१

विश्वका धनाढ्यमध्ये एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहमा क्यानडाका चर्चित गायक जस्टिन बिबरले प्रस्तुति दिँदैछन्।

अनन्त र राधिका मर्चेन्टको विवाह १२ जुलाईमा हुँदैछ। ५ जुलाईमा अनन्त र राधिकाको संगीत समारोह हुनेछ। जसमा जस्टिनले आफ्नो प्रस्तुति दिनेछन्। जस्टिन बाहेक बादशाह र करण औजलाले पनि सांगीतिक प्रस्तुति दिनेछन्।

आफ्नो प्रस्तुति दिन जस्टिन बिहीबार भारत आइसकेका छन्। यसको लागि उनले अम्बानी परिवारबाट महँगो पारिश्रमिक समेत लिएका छन्।

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार उनले ५० करोड भारू पारिश्रमिक लिने भएका छन्।

राधिका एनकोर हेल्थकेयरका सिइओ वीरेन मर्चेन्टकी छोरी हुन्। ४ वर्ष प्रेम सम्बन्धमा रहेका अनन्त र राधिकाले २०२२ मा इन्गेजमेन्ट गरेका थिए।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: