काठमाडौं असार १० , सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ तोलामा १ लाख ४२ हजार ३ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन १ लाख ४२ हजार रुपैयाँमा सुन कारोबार भएको थियो । सुनको भाउ जेठ २५ गते हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८२० रुपैयाँ कायम भएको छ । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्:

