Loktantra Khabar National Weekly
Ad

कार्तिकले यस फिल्मबाट सलमान खानलाई गरे रिप्लेस!

लोकतन्त्र खबर
२४ जेष्ठ २०८१

बलिउड अभिनेता कार्तिक आर्यन यतिबेला चर्चामा छन्।

उनी अभिनीत फिल्म ‘चन्दु च्याम्पियन’ १४ जुनदेखि हलमा लाग्दैछ। यसपछि उनी ‘भूल भुलैया ३’ मा देखिँदैछन्। यो फिल्ममा उनी तृप्ति डिमरीसँग देखिन लागेका हुन्।

यसैबीच उनलाई एक ठूलो फिल्मको प्रस्ताव आएको छ। भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार उनलाई सूरज बडजात्यले फिल्म ‘प्रेमकी शादी’ प्रस्ताव गरेका हुन्। कार्तिक फिल्मलाई लिएर सकारात्मक रहेको बताइएको छ।

सूरजले यो फिल्म पहिला सलमान खानलाई प्रस्ताव गरेका थिए। सलमान बलिउड फिल्म क्षेत्रका प्रेम भनेर परिचित छन्। तर उनले  ‘प्रेमकी शादी’ को प्रस्ताव अस्वीकार गरेका छन्। सलमान आफ्नो आगामी फिल्म ‘सिकंदर’ को तयारीमा छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: