उक्त स्मार्ट औँठी सार्वजनिक हुनु अगावै त्यसको मूल्यको खुलासा भएको छ।
समाचार अनुसार ग्यालेक्सी स्मार्ट औंठीको मूल्य ३०० देखि ३५० डलरसम्म पर्नेछ ।
सामसुङको ग्यालेक्सी औंठीको सिधा प्रतिस्पर्धा फिनिस कम्पनी औराको Oura Ring सँग हुनेछ।
औराको स्मार्ट औंठीको मूल्य २९९ डलरदेखि ५४९ डलरसम्म रहेको छ । यसका अलावा यो औंठीको मासिक सब्सक्रिप्सन शुल्क पनि रहेको छ जुन वार्षिक ७१.८८ डलर छ ।
सामसुङको ग्यालेक्सी रिंगको बारेमा विस्तृत विवरण भने आइसकेको छैन । यद्यपि यसमा स्वास्थ्य तथा तन्दुरुस्ती ट्रयाकिङ फिचर हुने बताइएको छ ।
यो औंठीमा Spo2, मुटुको गति, निद्रालगायतका फिचर्स हुनेछन् । यसमा ब्लुटुथ ५.४ कनेक्टिभिटी हुनेछ। अनलाइन खबर

