Loktantra Khabar National Weekly
Ad

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याइने

लोकतन्त्र खबर
१५ जेष्ठ २०८१

सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने भएको छ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवर्द्धन कार्यक्रम अघि सारिएको बताए।

नयाँ गन्तव्यको पहिचान गर्ने पनि उनले बताए।

त्यस्तै, पर्यटकलाई एकद्वार प्रणालीबाट सेवा प्रदान गरिने उल्लेख गरे।

छिमेकी मुलुक चीन र भारत लगायत मुलुकमा पर्यटन प्रवर्द्धन लक्षित कार्यक्रम गरिने पनि पुनले बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: