Loktantra Khabar National Weekly
Ad

उच्च मूल्यबाट १२ सय घट्यो सुन

लोकतन्त्र खबर
८ जेष्ठ २०८१

काठमाडौं  जेठ ८, उच्च मूल्यबाट सुनको भाउ मंगलबार तोलामा १२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँ तोकेको छ ।

यसअघि अघिल्लो दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ९४० रुपैयाँ मूल्य रहेको चाँदी आज १ हजार ८८५ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: