Loktantra Khabar National Weekly
Ad

उच्च मूल्यबाट २ हजार २ सय घट्यो सुन

लोकतन्त्र खबर
२ बैशाख २०८१

काठमाडौं  वैशाख २, शुक्रबार हालसम्मकै उच्च रेकर्ड बनेको सुनको भाउ आइतबार घटेको छ । शुक्रबारको तुलनामा तोलामा २ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ३९ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ७५० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ७ सय रुपैयाँमा कायम भएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: