काठमाडौं चैत २६ , सुनको भाउ तोलामा १ लाख ३६ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा यस दिन ६ सय रुपैयाँले भाउ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
सुनको मूल्यसँगै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १६७० रुपैयाँमा कारोबार भएको चाँदी आज १६८५ रुपैयाँ कायम भएको छ । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्:

