Loktantra Khabar National Weekly
Ad

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार, चाँदी घट्यो

लोकतन्त्र खबर
७ चैत्र २०८०

काठमाडौं  चैत ७, बुधबार पनि अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

यसअघि मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो । सोमबार १ लाख २४ हजार ५ सय रुपैयाँ तथा आइतबार १ लाख २५ हजारमा कारोबार भएको थियो ।

बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ भने घटेको छ । अघिल्लो दिन तोलाको १५२५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १५२० मा झरेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: