Loktantra Khabar National Weekly
Ad

महोत्तरीबाट २६ लाख नेपाली रुपैयाँसहित साह पक्राउ

लोकतन्त्र खबर
१२ भाद्र २०८०

स्रोत नखुलेको २६ लाखभन्दा बढी नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान जिल्लाको मटिहानी नगरपालिका वडा नं. ३ स्थित रहेको प्रतापि बाबा मंन्दिर अगाडी जनकपुरधाम–मटिहानी सडक खण्डमा विशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी धिरापुरबाट संयुक्त रुपमा खटिएको सादा पोशाकको प्रहरी टोलीले भारतीय नागरिकलाई रकमसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चेक प्वाईन्ट थापि चेक जाँच गर्दा भारतको विहार राज्य जिल्ला मधुवनी ग्रामपंचायत मधवापुर ४ बस्ने २६ वर्षीय सुमित साहले चलाउँदै आएको ज १२ प १६४४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकलको सिट मुनि लुकाई छिपाई राखेको २६ लाख २० हजार रुपैयाँ बरामद भएको प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए ।

बरामद भएको रकम तथा मोटरसाईकल र मानिसलाई आवश्यक कारबाहीको लागि राष्ट्रिय अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: