बखतियार अलि–
सलाही ११ मंसिर । सर्लाहीको मलंगवा नगरपालिका स्थित मेन चौक देखि सगरमाथा विधालय सम्मको निर्माणधिन सडकमा कमिशनको चलखेल भएको स्थानीयले आरोप लगाएका छन । करिब १ करोर १३ लाख ७४ हजारमा बन्ने भनिएको सडक २ वर्ष देखि अल्पत्र अवस्थामा छ ।
मलंगवा नगरपालिकाको पुर्व प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी तथा ठेकेदार बिचको कमिशनको चक्करमा अझै पनि सडक अधुरै रहेको स्थानीयको आरोप छ । करिब २ वर्ष अगाडि नै नाला सहितको कालोपत्रे सडक निर्माण सुरु गरिएपनि पटक पटकको म्याद थप गरेपनि सडकको अवस्था ज्यु को त्यु रहेको छ । सडकमा नाला निर्माण भएपनि पुर्णरुपमा ज्वाईन नभएको कारण उक्त नाला समेत संचालनमा आउन नसकेको स्थानीयको गुनासो छ ।
कमिशनको चलखेल नभएको भए विगत २ वर्षदेखि सडकको अवस्था यस्तो हुने थिएन स्थानीय लक्ष्मी चौधरीले बताए । नगरपालिकाको पुर्व हाकिम सुवेदीले भ्रष्टाचारीको पराकाष्ठा नै नाघेको चौधरीको भनाई छ । नाला बनाउने काममा मापडण्ड विपरित र कमसल सामाग्री प्रयोग भएको उनले बताए ।
नाला बनाउने काममा भएको भ्रष्टाचारको आफुसंग भिडियो प्रमाण समेत रहेको बताउदै अबको बाकी छानबिन अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रले गर्ने चौधरीले थपे । सडक नबन्दा स्थानीयलाई आवत जावतमा समेत समस्या भईरहेको स्थानीय व्यापारी विश्वनाथ पाण्डेले बताए । पसलमा ग्राहक आउन मान्दैनन्,विगत २ वर्ष देखि बनिरहेको सडक अझै पुरा नभएका कारण यसमा भ्रष्टाचार भएकै होला भन्ने तर्क गर्छन उनि ।
बारम्बार काम सुरु गरेर स्थगित गर्नाले पनि ठेकेदार संगको कमिशनको मोलजोल नमिलेको कारण नै सडक निर्माणमा ढिलाई भएको स्थानीय व्यापारी पाण्डेले दावी गर्छन् । नगरपालिकाले १ महिना भित्र सडक निर्माण हुने भनेपछि आफुहरुले मापडण्डमा परेको घर भत्काएको स्थानीय बैजु गुप्ताले बताए ।
२ वर्ष बितिसक्दा पनि सडक बनेन् ,त्यसमाथि बारम्बार काम स्थगितले आफुलाई ३–४ पटक घर भत्काउनु परेको गुप्ताले सुनाए । सडक समस्याका कारण अदालत सम्म पुगेर समेत आफूहरु थाकिसके,तर सडक कहिले बन्ने भनि अझै टुंगो नभएको गुप्ताले पिडा पोखे ।
कार्यालयका हाकिम सुवेदी र ठेकेदार बिच ठुलो रकमको चलखेलका कारण सडक बनाउने काम अवरुद्ध भएको गुप्ताले बताए । उता यस सम्बन्धी बुझन मलंगवा नगरपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत हाल नगरपालिकाको शिक्षा शाखा प्रमुखको हैसियतले कार्यरत होमनाथ सुवेदीसंग प्रतिक्रिया लिन खोज्दा वहाले वहाले केही पनि जवाफ दिन मानेनन् ।
केमरामा केही पनि नभनने भनदै सुवेदी पन्छिन खोज्न भयो । यस सम्बन्धी मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होम प्रसाद घिमिरे संग सोध गर्दा आफु आएको एक हप्ता मात्र भएको कारण यस सम्बन्धी आफुलाई केहि जानकारी नभएको बताए ।
मलंगवा स्थित मेन चौक देखि सगरमाथा विधालय सम्म नाला स्लेभ सहित सडक कालोपत्रे गर्न रौतहत वृनदावन–१ का अरुण एण्ड रुस्तम निर्माण सेवा संग सम्झौता भएको मलंगवा नगरपालिकाले जनाएको छ ।
पटक पटक म्याद थप्दै २०८२ साल यहि पुष मसान्त भित्र सक्ने गरि करिब ३ सय २५ मिटर लम्बाई रहेको नाला सहितको कालो पत्रे सडक निर्माणको सम्झौता भएपनि समय सिमाभित्र निर्माण सम्पन्न हुने केहि छाटकाट देखिदैन ।
म्याद सक्न अबको डेढ महिना मात्र छ । नाला र स्लेब बनेको भएपनि पुर्णरुपमा ज्वाईन भएको अवस्था छैन । सडकको काम सुरु समेत न भएको कारण समय सिमा भित्र निर्माण सम्पन्न हुने भन्ने स्थानीयले पत्याउने अवस्था छैन ।
करिब १ करोड १३ लाख ७४ हजार लागत मा निर्माणधिन सडक योजनामा सामान्य सूचनापाटी समेत नराखिएको हुदा सडक निर्माण कार्यमा ठुलो अनियमितता भएको स्थानीयको आशंका रहेको छ ।

